पोखरा पिस क्लबको अध्यक्षमा प्रताप आचार्य

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०७९ मा प्रकाशित


पोखरा पिस क्लबको अध्यक्षमा प्रताप आचार्य

पोखरा पिस क्लबको अध्यक्षमा प्रताप आचार्य

पोखरा, ११ वैशाख / पोखरा पिस क्लब पोखराको नवौं साधारण सभा तथा छैटौं अधिवेशनले प्रताप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्षमा सावित्री अधिकारी, सचिवमा सन्तोष बराल, कोषाध्यक्षमा राजेन्द्र बराल र सहसचिवमा विमला अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा विकास बराल, गणेश कुँवर, अस्मिता अधिकारी, पारस शर्मा, अन्जिल बराल, विष्णु सुवेदी र विकल बराल रहेका छन् । क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा भोजराज बराल र लक्ष्मण बरालको निर्वाचन मण्डलले सर्वसम्मति रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

उद्घाटन सत्रमा सचिव प्रताप आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य खेमराज तिमिल्सिना व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा पिस क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारी, मासबार आमा समूहका संस्थापक अध्यक्ष कमलादेवी बराल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, पोखरा पिस क्लबका सल्लाहकार डा.उमानाथ बराल, क्लबका पूर्वअध्यक्षद्वय भोजराज बराल र दामोदर बराल,क्लबका संस्थापक सदस्य लक्ष्मण बराल, नेकपा एमाले पोखरा–७ वडा कमिटीका अध्यक्ष किशोर बराल, नेपाली कांग्रेस पोखरा वडा नं. ७ का सभापति नबिन बराल, मासबार आमा समूहका अध्यक्ष टिका अधिकारी, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल र अभियान युवा क्लबका अध्यक्ष राजु गिरी लगायतले नयाँ बन्ने कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।