हत्गढी
पोखरा, १० बैशाख/ जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुर मारेर सेती नदीमा फालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ जोगिमणीमा कुकुर मारेको आरोपमा सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
कुकरलाई डोरी लगाएर मारेपछि सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गरेपछि परियारलाई वैशाख ८ गते पक्राउ गरिएको कास्कीका प्रहरीप्रवक्ता डिएसी सुन्दर तिवारीले बताए ।
परियारले कुकुरलाई मारेर सेती नदीमा फालेको भिडियो समाजिक सञ्जालमा पोष्ट भएको थियो । उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएका उनको भनाई छ ।