बाग्लुङमा प्रहरी नायब निरीक्षक घुस सहित पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख ७ गते २०७९ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा

पोखरा, ७ बैशाख/ गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ ।

टोलीले ३८ हजार घुस रकम सहित मंगलबार साँझ नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता देवप्रसाद थपलियाले जानकारी लिए ।

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार रुपैया लिएका थिए ।

टोलीले रकम सहित जिल्ला बाग्लुङ वडा नम्बर २ स्थित विपद् व्यवस्थापन गुल्म, नजिकैबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।



Tags: