माओवादीबाट पोखराको मेयर र उपमेयरका लागि ३/३ जना उमेद्वारको नाम सिफारिस

-


     क्लिक गण्डकी     
     वैशाख ५ गते २०७९ मा प्रकाशित


माओवादी केन्द्र

माओवादी केन्द्र

पोखरा, ५ बैशाख/ पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार बन्न नेकपा माओवादी केन्द्रबाट ३/३ जनाको नाम सिफारी गरेको छ ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले पोखराको मेयरका लागि विश्वप्रकाश लामिछाने, बखानसिँह गुरुङ, र सीता खड्काको नाम सिफारिस गरेको छ ।

गुरुङ नेकपा माओवादी केन्द्र कास्कीका संयोजक, लामिछाने नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष र हाल प्रदेश कमिटी सदस्य हुन् भने खड्का प्रदेश कमिटी सदस्य हुन् ।

माओवादी केन्द्रले उपमेयरका लागि गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरेको कमिटीका सचिब जनक पराजुलीले जानकारी दिए ।



Tags: