नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी चयन
पोखरा, ५ बैशाख/ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकीको २७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले अधिकारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा संगिता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा रत्नराज रेग्मी। ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल र तुलबहादुर गुरुङलाई चयन गरेको छ ।
यसअघि अधिवेशनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए । नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको थियो ।