नेपाली कांग्रेस
पोखरा, ४ चैत/ नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले शनिबार सुचना जारी गर्दै नाम दर्ता गराउन आह्वान गरेको हो ।
आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकांक्षी आफै उपस्थित भई नाम दर्ता गर्नुपर्ने सुचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सुचना उल्लेख छ ।
गठनबन्धनमा पोखरासहित देशका ६ महानगरपालिकामा कसको भागमा पर्ने निर्णय भई नसकेपनि कांग्रेसले भने पोखरा महानगरपालिकाको मेयरका उमेद्वार छनौट आगडी बढाएको छ । पोखरा महानगरमा मेयर उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्दै कास्की कांग्रेसको टोलीले केही दिन अगाडी काग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको थियो ।