पोखरा महानगर एमाले मयेरको उम्मेद्वार छनौटः तीन पछि सबैको नाम सिफारिस

-


     क्लिक गण्डकी     
     वैशाख २ गते २०७९ मा प्रकाशित


नेकपा एमाले कास्की

नेकपा एमाले कास्की

पोखरा, २ चैत/ नेकपा एमालेले पोखरा नगरकमिटिले ३ दिनपछि सर्वसम्मतका प्रयासपछि सबै नाम सिफारिस गरेको छ । पोखरा महानगरमा सुरुमा १२ जनाले मेयर र ११ जनाले उपमेयरमा नाम दर्ता गरेका थिए । तर केन्द्रिय कमिटीले बढीमा ३ जनाको नाम मात्रै माथिल्लो कमिटीमा सिफारिस गर्न निर्देशन दिएपछि उनीहरुबाट सर्वसम्मतको प्रयास भएपनि सफल नभए पछि सबैको नाम सिफारी गरेको पोखरा नगरकमिटिका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । ३ दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसेपछि शुक्रबार मतदानबाट टुंग्याउन लागिएको थियो ।

बिहीबार निर्वाचन कमिटी गठन गरेर चुनावी प्रक्रिया सुरु भैसकेपछि पुनः सबैको नाम सिफारिस गरिएको छ । शुक्रबार विहान १२ जना मेयर र ९ जना उपमेयरका उम्मेद्वारले उम्मेद्वारी दिएका थिए । तर महानगर कमिटीले सबैको सहमति भन्दै मतदानलाई छोडेर संकलन भएका सबै नाम जिल्लामा पठाउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

मेयरमा प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारी, नेताहरु रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, दर्शन लामा, दीपकबहादुर पौडेल, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले दिएका हुन् । उपमेयर टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको थियो ।

महिलामा भने विनाकुमारी गुरुङ, सुष्मा पौडेल र देवका पहारी त्रिपाठीले मनोनयन दिएका थिए । यसअघि आकांक्षा देखाएका बैनबहादुर अधिकारी क्षेत्री र हरिकला गुरुङले शुक्रबार मनोनयन नै दिएनन् ।



Tags: