नेकपा एमाले कास्की
पोखरा, २ बैशाख/ पोखरा महानगरपालिकाको मेयर र उपमेयर उमेद्वार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दै छ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान पक्रिया अगाडी बढेको हो । मेयर पदमा १२ जना र उपमेयर ११ जनाले उमेद्वारी दिएका छन् ।
ती मध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटि हुदै केन्द्रमा सिफारिस हुनेछ । एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजे देखी १ बजे सम्म मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारी, प्रा.डा. विश्वकल्याण पराजुली, भीम कार्की, रश्मी आचार्य, पुष्पज्योति ढुंगाना, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालकृष्ण काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी र दर्शन लामा छन् ।
त्यसै गरी उपमेयरमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री उमेद्वार छन् ।