नवराज भण्डारी र प्रविणा अधिकारी
पोखरा, ३० चैत/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कास्कीको माछापुुच्छ्रे गाउँपालिकामा पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।
गाउँपालिका कमिटीको मंगलबार बसेको बैठकले अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारीलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।
बैठकले सर्वम्मते भण्डारी र अधिकारीको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिए ।
अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत सिफारिस दुबै उम्मेदवार विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् । दुबै जना माओवादी केन्द्रको प्रदेश कमिटीको सदस्य हुन् ।