पोखराको बुलौदीमा सवारी दुर्घटना

-


     क्लिक गण्डकी     
     चैत्र २९ गते २०७८ मा प्रकाशित


पोखराको बुलौदीमा सवारी दुर्घटना

पोखराको बुलौदीमा सवारी दुर्घटना

पोखरा, २९ चैत/ पोखरा महानगरपालिका वडा नम्बर ७ बुलौंदीको ओरालोमा हाइलक्स गाडी दुर्घटना भएको छ ।

लेकसाइडबाट जिरोकिमी तर्फ जादै गरेको ग३च १०४० नम्बरको हाइलक्स गाडी मंगलबार राति ९ बजे सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ठक्करबाट १ वटा विजुलीका पोल ढलेको छ ।

सोही स्थानमा सोमबार राति पनि मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलले जरेबरमा रहेको प्रहरीको चेकी छलेर आएको थियो ।