फिस्टेल एकेडेमीको एक दिने ओपन डे कार्यक्रम

-


     क्लिक गण्डकी     
     चैत्र २७ गते २०७८ मा प्रकाशित


फिस्टेल एकेडेमीको एक दिने ओपन डे कार्यक्रम

पोखरा, २७ चैत्र/ नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले बिद्यार्थिको उत्कृष्ट भबिष्य निर्माणका लागि अभिभावकले विद्यालय र विद्यार्थीको मनोबैज्ञानिक भावना बुझेर आफ्नो काम व्यबहार अपनाउनु पर्ने बताएका छ्न्।

उनले अभिभावकले वतावरण मात्रै बनाउदैमा यथेष्ट नहुने भन्दै असल सिकाइको बाताबरण बनाउन सहि बिधालय छनोटमा ध्यान दिन आग्रह गरे । योजनायुक्त बिधालय ,सचेत अभिभावक र लगनशील बिध्यार्थी नै बिधार्थिको सबल भबिस्यको पर्याय भएको उनको भनाइ थियो ।

हमालले सो कुरा पोखरा महानगरपालिका वडा न सत्र तल्लो बिरौटास्थित फिस्टेल एकेडेमीद्वारा शनिबार आयोजित एक दिने ू ओपन डे ू कार्यक्रमको उद्घाटन गर्दै बताएका हुन । नेपाली चलचित्रमा बौद्धिक नायकको समेत छवि बनाएका हमालले बिधालय ,अभिभाबक र बिद्यार्थीहरुको कर्तव्य र दायित्वका बारेमा प्रकाश पार्दै स्थानिय अभिभावक र विद्यार्थीहरुसङ्ग अन्तर्कृया समेत गरेका थिए। हमालले गुणस्तर र भौतिक पुर्बाधार अबलोकन पश्चात् नेपालकै उत्कृष्ट बिद्यालय भन्न आफुलाइ कुनै अप्ठ्यारो महसुस नहुने प्रतृक्रीया दिए।

सो बिधालयका पुर्ब बिद्यार्थी डा। हरि शर्माले आजको फिस्टेलको शैक्षिक उचाइसङ्गै अब भौतिक पुर्बाधारले समेत अन्तरास्ट्रिय गुणस्तरमा उत्कृष्ट रहेकोले अभिभावकलाई निर्धक्कका साथ आफ्ना बाबू नानिहरुको अब्बल भबिस्यका लागि आश्वस्त हुने ठाउँ रहेको जिकिर गरे । शर्माले फिस्टेल अब पोखराकै गर्व गर्न लायक उदाहरणिय सम्पदा बनेको भन्दै यसको संरक्षण गर्ने दायित्व समेत पोखरा र गण्डकीबासिको भएको बताए।

बिद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले गण्डकी प्रदेशमा अन्तरास्ट्रिय मापदण्ड र भौतिक पुर्बाधार सहितको बिधालय स्थापना र संचालन गर्ने आफ्नो इच्छा पूरा भएको भन्दै निरन्तको गुणस्तर र सहकार्यका लागि सदैब लागि लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे। रानाभाटले बिगत र बर्तमानमा सहयोग र सहकार्यमा जुट्ने अभिभावक र सम्बद्ध सबैमा आभार ब्यक्त गर्दै आम पोख्रेलिको सपना पूरा गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरे।

सो अबसरमा बिधार्थिहरुले तयार पारेका हस्तकला , शैक्षिक सामाग्री प्रदर्सन गरिनुका साथै विभिन्न खानाका फुड स्टलहरु लगाएतका स्टलहरु राखिएको थियो भने बिधालयमा अध्ययनरत तथा गायन क्षेत्रमा ख्यातिप्राप्त पुर्ब बिद्यार्थीहरु मुस्कान रानाभाट , सौगात गुरुङ ,कपिल पुन ,गायक एलेक्स नेपालि लगायतले गीत नृत्य लगायतका साङ्गितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।



Tags: