खेलाडी समाज परिवर्तनका संवाहक हुन ः मन्त्री थापा

-


     क्लिक गण्डकी     
     चैत्र १ गते २०७८ मा प्रकाशित


पोखरा, १ चैत ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूणर् रहेको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उदघाटन गर्दै उहाँले देशको भविष्य अब युवाहरुको काँधमा रहेको उल्लेख गर्नुभयो ।
‘देशको भविष्य अब युवाहरुको काँधमा छ’, उहाँले भन्नुभयो, ‘तपाईहरुको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारिरिक एवम् मानसिक स्वस्थताका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुभयो । खेलाडी देश परिवर्तनका सम्बाहक हुन भन्दै उहाँले खेलकुदका क्षेत्रमा सम्भावना समेत बढ्दै गएको बताउनुभयो । गण्डकी सरकारले पनि खेललाई महत्वपूणर् विषयको रुपमा हेरेको भनाई उहाँको छ । मन्त्री थापाले गण्डकी विश्वविद्यालय गठन गरेको र विश्वविद्यालयमा खेलकुदका विषयमा समेत पढाई हुने जानकारी गराउनुभयो ।
उहाँले खेलमैदान निर्माण देखि खेलाडीलाई प्रोेत्साहन गर्ने सम्मका क्रियाकलापमा गण्डकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सुदृढ काँग्रेस निर्माणका लागि भातृसंगठनले खेल्ने भूमिका महत्वपूणर् हुने बताउनुभयो । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले खेलाडी परिवर्तनका सम्बाहक भएको बताउँदै देश निर्माणको चित्र कोर्ने शक्ति युवामा रहेको उल्लेख गर्नुभयो । उहाँले नेता कर्मका कारण हुने र समाजलाई फरक तरिकाबाट सोच्नुपर्ने आवश्यकता आजको भएको बताउनुभयो ।
कास्की काँग्रेसका पूर्वसभापति कृष्ण केसीले लोकतान्त्रिक खेलकुद संघ खेलकुदको मात्र संस्था नभई राजनीतिक तवरले समेत जोडिएको संस्था भएको बताउनुभयो । आगामी तीनै तहको निर्वाचनमा कुनै पनि हालतमा काँग्रेसले जित्नुपर्ने भनाई उहाँको छ ।
काँग्रेस नेतृ शारदा पौडेलले लोकतान्त्रिक खेलकुद संघले युवाहरुलाई परिचालित गराई समाज रुपान्तरणको बाटोमा अग्रसरता लिएको बताउनुभयो । नेपाली काँग्रेस पोखरा महानगरपालिका सभापति सुरेन्द्रमान बिजुक्छेले भातृसंगठनहरु बलियो भए मात्र काँग्रेस बलियो हुने तर्क प्रस्तुत गर्नुभयो । नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रका सभापति देवेन्द्र शेरचन लोकतान्त्रिक खेलकुद संघका खेलाडीहरुलाई व्यवस्थापन गर्न नसक्दा विचलित हुने अवस्थाको सिर्जना हुँदै गएको बताउनुभयो । उहाँले काँग्रेसका शिर्ष नेताहरुले भातृसंगठन संरक्षणमा ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । पत्रकार गंगाधर पराजुलीले जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास समितिमा काँग्रेसका युवाहरु नपर्नु दुख लाग्दो अवस्था भएको बताउनुभयो । यस्ता समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता रहेको भनाई उहाँको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका उपसभापति मिलन गुरुङले स्वागत गरेको कार्यक्रमबाट संजय कुमार अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।