फागुन २३ पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानीक आयोगका रुपमा रहेको राष्ट्रिय मानव अधिकार आयोग नै देशको वद्नाम गराउन सक्रिय रहेको वताएका छन् । एमाले निकट राष्ट्रिय माानव अधिकार तथा सामाजिक न्यायमञ्च नेपाल ( मानवअधिकार एलायन्स) को पाँचौ राष्ट्रिय महाधिवेशनको सोमवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार रहेका वेला जेनेभामा भएको मानव अधिकार सम्मेलनमा दक्षीणपन्थी अवसरवादलाई सहयोग पुग्नेगरी यथार्थ भन्दा वाहिर गएर आयोगले सरकारका विरुद्धमा वोलेको वताए । ‘सवैभन्दा वलीयो राज्य हुन्छ, राज्य वाटै मानव अधिकारको उल्लंघन भएको छ ।’ ओलीले भने ।
सरकार संसदबाट बन्नुपर्ने भए पनि अहिलेको सरकार अदालतको आदेशमा बनेको ओलीले बताए । ‘संसद हो सरकार बनाउने थलो, त्यताबाट नसकेर मुद्दा जितेर सरकार ल्याउने भनेपछि लोकतन्त्र किन चाहियो ? यो त सीमानाको झगडा भन्दा पनि मामुली भयो,’ ओलीले भने ।
अध्यक्ष ओलीले अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएको , भ्रष्टचार वढाएको र परराष्ट्र सम्वन्ध विगारेको आरोप लगाए । ‘‘अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन,’ उनले भने ।
आफू प्रधानमन्त्री हुँदा विरोधीले रुखबाट पात ओइलिएर झर्दा पनि विरोध गरेको ओलीले टिप्पणी गरे । ‘हामी सरकारमा भयौं भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरु झर्न थाल्याछन्, चैतको महिनामा रुखहरु हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन्,’ उनले भने ।
विकास र शुुसासन दिएको आफ्नो सरकारलाई प्रतिक्रियावादीसँग मिलेर पार्टी भित्र र वाहिरका अवाञ्छीत तत्वले पार्टी फुटाएकोभन्दै अध्यक्ष ओलीले कांग्रेसले मित्रशक्तिलाई दमन गरेर दक्षीणपन्थीसँग मिलेर काम गर्ने नीति लिएको भन्दै कांग्रेसको आलोचना गरे ।