सुदुर पश्चिम प्रदेशका मन्त्रीहरु पुम्दीकोट बिशाल महादेव मुर्ति अवलोकनमा

-


     क्लिक गण्डकी     
     फागुन १९ गते २०७८ मा प्रकाशित


सुदुर पश्चिम प्रदेशका मन्त्रीहरु पुम्दीकोट बिशाल महादेव मुर्ति अवलोकनमा

पोखरा १९, फागुन/ तीन दिन गण्डकी प्रदेशको अवलोकन भ्रमणमा निस्केको सुदुर पश्चिम प्रदेशका मन्त्रीहरुको टोलीले बिहीबार पोखरा २२ स्थित पुम्दीकोट बिशाल महादेवको मुर्ति अवलोकन भ्रमण गरेको छ ।

सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, राज्य मन्त्री माया तामाङ बोहरा लगायतको टोलीले विहिबार पुम्दीकोटमा हालै निर्माण भएको बिशाल महादेवको मुर्ति अवलोकन गरेको हो ।

टोलीले बिहीबार पोखरा २२ कै अर्को पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपाःको समेत अवलोकन तथा भ्रमण गरेको हो । टोलीमा सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगाल, मन्त्रालयका सचिव सहित १४ जना सहभागि भएका छन् ।

समितिका अध्यक्ष बरालले वडा देखि पोखरा महानगर, प्रदेश सरकार र संघिय सरकारबाट सहित स्थानिय एवं केही उद्योगी व्यवसायीको सहयोगको कारण आज बिशाल महादेवको मुर्ति स्थापना गर्न सफल भएको बताए । उनले उक्त परियोजनामा हाल करिब साँढे ३ करोड ऋणमा काम भएकोले आगामी वैशाखमा महायज्ञ पुनः आयोजना गर्ने तयारी गरिएको समेत जनाए ।

गण्डकी प्रदेशको अर्थ मन्त्रालय एवं प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन सहितको टोलीले उक्त टोलीलाई बुधबार पोखरामा स्वागत सत्कार गरेको थियो । बुद्ध एयरले पोखरा धनगढी सिधा हवाई सेवा संचालन गरेकोले अब दुबै प्रदेशको पर्यटन आदान प्रदान गर्न सहज हुने मन्त्री बरालले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशले पर्यटनलाई विकासको पहिलो प्रथामिकता दिएको छ । १४ सदस्यीय उक्त टोली शुक्रबार बुद्ध एयरबाटै पुनः धनगढी फर्किने भएको छ ।



This will close in 10 seconds