प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अधिवेशनमा १७ जना सम्मानीत

-


     क्लिक गण्डकी     
     फागुन १९ गते २०७८ मा प्रकाशित


पोखरा, १९फागुन ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले आफ्नो पहिलो अधिवेशनमा १७ जना अग्रजलाई सम्मान गरेको छ । यसरी सम्मानति हुनेमा गण्डकी प्रदेशका ११ जिल्लाका संस्थापक अध्यक्ष एवं पदाधिकारी र पुर्व तथा वर्तमान केन्द्रिय पदाधिकारी रहेका छन् ।
वर्तमान केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रिय पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व उपाध्यक्ष शान्ती गुरुङ, पुर्व सचिव दुर्गा भण्डारी, कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, तनहुँका संस्थापक अध्यक्ष तारानाथ शर्मा, बागलुङका संस्थापक अध्यक्ष गोविन्द नेपाली, म्याग्दीका संस्थापक अध्यक्ष तारानाथ उपाध्याय, लमजुङका संस्थापक अध्यक्ष सुवास पौडेल, स्याङ्जाका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, नवलपुरका संस्थापक अध्यक्ष होमनाथ जैसी, पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, गोरखाका संस्थापक कोषाध्यक्ष भिमलाल श्रेष्ठ, मुस्ताङका संस्थापक तिलक विक र मनाङका संस्थापक अध्यक्ष राजन बहादुर गुरुङ लाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका पुर्व मूख्यमन्त्री पृथ्वीशुव्वा गुरुङले सम्मान गरेका थिए ।
प्रेश चौतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुूस्मा पोडेलको अध्यक्षतामा भएको कार्यक्रममा आगामी तीन वर्षका लागी नयाँ नेतृत्व चयन गर्ने छ ।