एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

-


     क्लिक गण्डकी     
     कार्तिक १ गते २०७८ मा प्रकाशित


नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्।

अपानिमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ। वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ।

४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ। मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन्। न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै संगठन विस्तारका लागि पार्टीले ३ महिने अभियान घोषणा गरेको छ। यस क्रममा एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने अपानिमा उल्लेख छ। 



This will close in 10 seconds