पोखरा, २४ माघ/ कास्कीको पोखरा महानगरपालिका २३ चापकोटमा चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सब शुरु भएको छ । गण्डकी प्रदेश सरकारका उद्बयोग, पर्यटन, बन तथा बाताबरण मन्त्री दिपेन्द्र बहादुर थापाले बुधबार आयोजित एक समारोहबीच महोत्सबको उद्घाटन गरेका हुन् । बिगतमा चापाकोटको घडेरी क्षेत्रमा हुने गरेको महोत्सब यस पटक चापाकोटको बाम्दी क्षेत्रमा संचालन गरिएको छ महोत्सबमा आउने दर्शकहरुको सुविधालाई ध्यानमा राखेर महोत्सब बाम्दी क्षेत्रमा संचालन गरिएको बताइएको छ । महोत्सबका क्रममा महिला एबम सर्बसाधारणहरु बीच समुहगत रुपमा समेत विभिन्न प्रतियोगिता…
पुरा पढौ