पोखरा, १८ फागुन/ पाँचौं सृजना कपमा छात्रातर्फ साविक विजेता शान्ता मावि र कन्या मावि फाइनल प्रवेश गरेका छन् । छात्रतर्फ राष्ट्रिय मावि र ब्रम्हरुपा माविबीच उपाधि भिडन्त हुने भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा बिहीबार छात्रातर्फ पहिलो सेमिफाइनलमा शान्ताले जनप्रियलाई २५–१७, २२–२५ र २५–१७ सेटमा पराजित गरेको हो । कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनलमा कन्या सोझो सेटमा विजयी हुँदै उपाधि नजिक पुगेको हो । जसमा २५–८ र २५–८ सेट निस्केको थियो…
पुरा पढौ