पोखरा, १९ फागुन/ पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८,…
पुरा पढौ