पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बरका ४ सदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको शनिबार राति ३ बजे फिस्टेल हस्पिटलमा उपचारक्रममा निधन भएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । पोखरा ४ गणेशटोल निवासी ५२ बर्षिय श्रेष्ठ केही समय देखी बिरामी परेका थिए । उनलाई जण्डिस समेत देखिए पछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
पुरा पढौ