#लाटोकोसेरो

पोखरा २५ हेमजालाई राजगोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा

पोखरा २५ हेमजालाई राजगोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा
पोखरा, १४ असार/ पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषण गरेको छ । स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतना मुलक कार्यक्रममा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको हो । कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र… पुरा पढौ

पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने

पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने
पोखरा, ८ माघ । पर्वत जिल्लाको जलजला गाँउपालिका—५ लेखफाँट लेप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत विद्यालयमा परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपालका हरेक ठाँउमा उत्सव गर्दै आएको यो उत्सव ११ औ संस्करण रहेको छ । यस अघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा यो उत्सव सम्पन्न भएको… पुरा पढौ

माघ तेस्रो साता घोडाघोडीमा लाटोकोसेरो संरक्षण उत्सव, चित्रकलामा मदरल्याण्डकी अक्षेता प्रथम

माघ तेस्रो साता घोडाघोडीमा लटोकोसेरो संरक्षण उत्सव, चित्रकलामा मदरल्याण्डकी अक्षेता प्रथम
पोखरा, १५ माघ/ किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणको सन्देश दिन माघी होमस्टे, घोडाघोडी बर्ड सेन्चुरी कैलालीमा माघको २० र २१ गते दुई दिने संरक्षण उत्सवको तयारी गरिएको छ । मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने किसानको साथी लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार, बासस्थान लोपहुनु लगायतका कारण संकटमा पर्दै गएपछि नागरिक स्तरबाटै संरक्षणमा लाग्न प्रेरित गर्न महोत्सवको आयोजना गरिएको हो । कैलालीमा दशैं संस्करणको रुपमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९ हुन गएरहेको हो । लाटोकोसेरोले मुसा मात्र होइन… पुरा पढौ