#यातायात कार्यालय

‘यातायातका ढड्डामा बिचौलियाको पहुँच किन?’

‘यातायातका ढड्डामा बिचौलियाको पहुँच किन?’
यातायात कार्यालय कास्कीमा पनि छिट्टै टोकन सिस्टम पोखरा, २१ मंसिर/ यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् । शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले बिचौलियाले कार्यालयका फाइल भित्रै छिरेर हेर्ने गरेको गुनासो आफूसम्म आएको सुनाए । त्यसपछि उनले कार्यालयका निमित्त प्रमुख अशोक गौतमलाई सोधे – बाहिरको मान्छेले ढड्डा किन भित्रै पसेर हेर्छन् ? भोलि फाइल च्यातियो, फोटो हेरफेर भए कसले… पुरा पढौ

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन

पोखराको यातायात कार्यालयमा मन्त्री जुग्जालीको छड्के अनुगमन
पोखरा, ३ जेठ / यातायात व्यवस्था कार्यालय पोखरामा बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले छड्के अनुगमन गर्नुभएको छ । यातायात कार्यालयबाट प्रवाह हुने सेवाको अवस्था र सेवाग्राहीको समस्या पहिचान गर्न मन्त्री जुग्जाली आकस्मिक रुपमा अनुगमनमा पुग्नुभएको हो । मन्त्री जुग्जालीले यातायात व्यवस्थापन कार्यालयको सवारी चालक अनुमतिपत्र अनुगमनका क्रममा सेवाग्राहीले उठाएका समस्यालाई पहिलो प्राथमिकतामा राखेर यातायात क्षेत्रको सुधारको काम सुरुवात गरिने बताउनुभयो । सेवाग्राहीहरुले मन्त्रीसँग कार्यालयमा खाने र शौचालयमा प्रयोग गर्ने समस्या भएको, सेवा प्रवाह अव्यवस्थित,… पुरा पढौ