पोखरा, २९ कात्तिक/ मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेला पारेर सिम्रिक एयरको हेलिबाट पोखरा ल्याएको छ । मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र चार नेपाली सहयोगी कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए । माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमालमा तामाङको खोजीका लागि सिम्रिक एयरको हेलिबाट तीन जना गाइड मंगलबार गएका थिए ।…
पुरा पढौ