#मध्यपहाडी राजमार्ग

मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र
पोखरा, १७ भदौं/ पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६÷१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र पेश गरेको छ । पटक पटक आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द वहादुर वस्नेतले जानकारी दिनुभयो । ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको वताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने वताउनु भयो । उहाँले प्रदेश सरकारले यस विषयमा निर्णय… पुरा पढौ

मध्यपहाडी राजमार्गः पोखराको लामाचौर, बाटुलेचौर क्षेत्रका स्थानीयको आन्दोलन जारी

पोखरा, ७ चैत/ राष्ट्रिय गौरवको आजोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे–ज्याम्दु देखि जौबारी–याम्दीपुलसम्मको सडक स्थानीको विरोध जारी राखेका छन् । आन्दोलनकारीले पोखरा महानगरपालिका वडा नम्बर १६ को कार्यालय अगाडी विरोध जारी राखेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीयले आफ्नो घरबार नै उठ्ने गरी जानकारी नदिइ राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मध्यपहाडी राजमार्गको भैंसे–ज्याम्दु–मेलबोट–पानीघाट–आंटीघर–अर्मलाकोट–कालीखोलापुल–अमलाबिसौनी–लामाचौर–जौबारी–याम्दीपुलसम्मको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । स्थानीयले पोखरा १६ को वडा कार्यालयमा मंगलबार ताला… पुरा पढौ