#भरतबहादुर अधिकारी

पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद फैसला

भरतबहादुर अधिकारी
पोखरा, ७ मंसिर/ जातीय दुव्र्यवहार तथा छुवाछुतको आरोप लागेर धरौटीमा छुटेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ । २०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुटेका अधिकारीलाई बिहीबार जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसाला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिवाना भनिएपनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ । योसँगै अधिकारीले साढे… पुरा पढौ

पोखरा २४ का वडा अध्यक्ष पक्राउ

पोखरा, २६ पुस/ वडा सदस्यलाई जातीय बिभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । वडा सदस्य मैया नेपालीले उनी बिरुद्द उजुरी दिएकी हुन् । अधिकारीले पटकपटक अमयार्दित व्यवहार गरेका आरोप छ । पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफलका क्रममा उनले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ । पुरा पढौ