#पोखरा महोत्सव

पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा महोत्सवमा दर्शकको भीड
पोखरा, ४ माघ/ पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड वढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीढ बढ्दै गएको हो । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार वढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले… पुरा पढौ

पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल

पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल
पोखरा, ६ पुस/ तेहौं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको छ । युनाईटेड क्लबको आयोजनामा पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधी बिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले… पुरा पढौ

पोखरा महोत्सवको प्रयोजकमा स्टारसिड टेक्नोलोजीस

पोखरा महोत्सवको प्रयोजकमा स्टारसिड टेक्नोलोजीस
पोखरा, १ पुस/ पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालि बीच सहकार्य हुने भएको छ । भारत र चिनबाट बिजुलीका सामाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखरा वीच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापा र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा बीच १३ औं पोखरा महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने गरी सम्झौता भएको हो । सम्झौता पत्रमा… पुरा पढौ

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई
पोखरा, ७ माघ/ अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना… पुरा पढौ

१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ
पोखरा ६ मंसिर / युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने… पुरा पढौ

पोखरा महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा झुमे दर्शक

पोखरा महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा झुमे दर्शक
पोखरा, ६ माघ/ अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ सविन राइ एण्ड द फेरोहको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन… पुरा पढौ

पोखरा महोत्सवमा शनिवार दर्शकको भीड

पोखरा महोत्सवमा शनिवार दर्शकको भीड
पोखरा, ३० पुस/ एघारौं पोखरा महोत्सवमा शनिवार दर्शकको भीड लागेको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको चौथो दिन शनिवार दर्शकको भीड लागेको हो । शनिवार मात्रै १० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा दर्शकको भीड संगै आर्थिक कारोबार समेत बढ्दै गइरहेको छ । महोत्सवमा घोडसावर, महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको ब्यवस्था मिलाइएको छ । त्यसैगरी महोत्सव स्थलमै टिकटक बनाइ पुरस्कारको ब्यवथा गरिएकाले पनि दर्शकहरु आकर्षित भइरहेको… पुरा पढौ

पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर

एघारौं पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर
पोखरा, २९ पुस/ पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन । दशैकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ #2079pm राखेर भिडियो अप्लोड गर्नुपर्ने छ । सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट… पुरा पढौ

पोखरा महोत्सव सुरु, महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छः मुख्यमन्त्री अधिकारी

पोखरा महोत्सव सुरु, महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्छः मुख्यमन्त्री अधिकारी
पोखरा, २७ पुस/ बुधबारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने वताए । मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको वताउदै मेला महोत्सवमा… पुरा पढौ

एघारौं पोखरा महोत्सवलाई संघ संस्थाले सहयोग गर्ने

एघारौं पोखरा महोत्सवलाई संघ संस्थाले सहयोग गर्ने
पोखरा, २२ पुस/ एघारौं पोखरा महोत्सवमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको हो । बिहीबार अमरसिंह चौरमा आयोजित एघारौं पोखरा महोत्सवको अवसरमा आयोजित संघ संस्थाहरुको छलफलमा सहभागी भएकाहरुले पोखरा महोत्सव समग्र पोखरेलीहरुको महोत्सव भएकाले सम्पूर्ण संघ… पुरा पढौ