पोखरा, २७ फागुन/ पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक (साबिक गोलघर) मा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ । भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने प्रमुख आचार्यले बताए । ०८२ को घटस्थापनाका दिन…
पुरा पढौ