पोखरा, १४ मंसिर/ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताउनुभयो । “सङ्ग्रहालय अवलोकन…
पुरा पढौ