#नवौं राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेट समुह ‘ए’बाट एपीएफ र वागमती सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेट समुह ‘ए’बाट एपीएफ र वागमती सेमिफाइनलमा
पोखरा, ३० असोज/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्रको एपिएफ र वागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको सुदुरले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ९२ रन जोडेको थियो । सुदुरका लागि रितु कनौजियाले ३५, रुवी पोदारले २३ तथा स्नेहा महराले १८ रन बनाए । एपीएफका नेरी थापा, इन्दु बर्मा र सुस्मा श्रेष्ठले समान १ विकेट लिए ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण
पोखरा, ३० असोज/ नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् । एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी… पुरा पढौ

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

प्याराग्लाइडिङ
पोखरा, ३० असोज/ नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडान गर्न प्रतिबन्ध लगाएको छ । आइतबार पोखरामा प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडान गर्ने रोक लगाएको हो । प्राधिकरणले अर्को ब्यावस्था नभए सम्म प्याराग्लाइडिङका सबै खाले उडान रोकिने जनाएको छ । पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदः टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुदः टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक
पोखरा, ३० असोज/ टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा गण्डकीका विवेक र पुलिसका डेभिडलाई स्वर्ण

पोखरा, ३० असोज / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो । प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश… पुरा पढौ

महिला हक्कीः प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

महिला हक्कीः प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा
पोखरा, ३० असोज/ नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै आज भएको दोस्रो… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन
पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ । आइतबार उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खस्न पुगे । जहाँ उनको निधन भयो… पुरा पढौ

प्याराग्लाईडिङ खेलाडीको प्याराग्लाईडिङ दुर्घटनामा मृत्यु

दुर्घटना
पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको क्रसकन्ट्री इभेण्टमा सहभागि खेलाडी निसिम थापाको प्याराग्लाईडिङ दुर्घटनामापरी मृत्यु भएको छ । पोखराको सराङकोटबाट उडेको प्याराग्लाईडिङ पाईलट क्रसकन्ट्री इभेण्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागि थिए । आकाशमा उडिरहेको अवस्थामा झण्डै एकसय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षिय थापाको पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

हाइजम्पमा आर्मीकी खगीता र सुर्यलाई स्वर्ण

सुर्यबहादुर खत्री
पोखरा, ३० असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् । खगीता सिंजालीमगर त्यसै गरी एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक… पुरा पढौ

हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

खगीता सिंजालीमगर
पोखरा, ३० असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् । पुरा पढौ