पोखरा, १४ कात्तिक/ फुट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो । ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिलि बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो । त्यतिञ्जेलसम्म उत्तिकै सम्भावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । ताल किनार सुनसानप्राय देखिन्थ्यो । अहिले बेगनासताल किनारमा पनि फुट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ । संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित दीपक कोइरालाकै योजनामा फुट ट्र्याक बनेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन सांसद कोइरालाले…
पुरा पढौ