#ट्याक्सी

पोखरामा मिटरमा नचल्ने ९५ ट्याक्सीलाई काराबाही

पोखरामा मिटरमा गुड्न थाले ट्याक्सी, मन्त्री निस्के निरिक्षणमा
पोखरा, १ असोज/ पोखरामा मिटर प्रणालीमा नचलेका ट्याक्सी कारबाहीमा परेका छन् । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटरमा चल्नु पर्ने नियम कार्यान्यनमा ल्याएका थियो । मिटर प्रणाली लागु भएपछि ट्याक्सीको कडाइका साथ अनुगमन भएको निरीषक पाठकले बताए । यो अवधिमा जरिवानाबाट ९८ हजार रुपैयाँ राजस्व उठेको बताए । मिटरमा नगुड्ने… पुरा पढौ

पोखराका ट्याक्सी भदौ १ देखी अनिवार्य मिटरमा चल्नुपर्ने

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, ३१ साउन/ पोखरामा सञ्चालन हुने सबै ट्याक्सीहरु अनिवार्य मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौं १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ । अनिवार्य रुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिज्यालले जानकारी दिए । मिटर र बिलमा नचलेको पाइएमा कानून बमोजिम कारवाही हुने रिज्यालले बताए । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै अनिवार्य मिटरमा… पुरा पढौ