काठमाडौं, १३ भदौ/ शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ । स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलुगढीमा नयाँ आउटलेट खोलेको हो । भारतको सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ । यसअघि भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले सिलुगढीमा पनि सेवा विस्तार गरेको हो । चाँडै भारतको राजधानी नयाँ दिल्लीको ब्यापारिक महलमा समेत आफुलाई लैजाने केटीएम सिटीले जनाएको छ ।…
पुरा पढौ