पोखरा, ७ कात्तिक/ पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए । जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा…
पुरा पढौ