पोखरा, १९ साउन/ पोखरा–काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । रेलमार्गको विस्तृत अध्ययनका लागि तथ्याङ्क सङ्कलन गरिरहेको टोलीले शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको हो । छलफलका क्रममा पोखरा–काठमाडौँ रेलमार्गका विषयमा पनि कुराकानी भएको छ । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले परियोजनाको अध्ययन तथा निर्माणका क्रममा आउने कुनै पनि प्रकार समस्याहरूको समाधानका लागि आफूहरू तयार रहेको बताउनुभयो । “यो परियोजना अगाडी बढ्यो र अध्ययन तथा…
पुरा पढौ