#मदरल्याण्ड मा.वि.

कक्षा १२ को बोर्ड परीक्षमा नेपाल टप्ने मदरल्याण्डका विद्यार्थीलाई नगद ६ लाख सहित एक्सलेन्स अवार्डबाट सम्मान

कक्षा १२ को बोर्ड परीक्षमा नेपाल टप्ने मदरल्याण्डका विद्यार्थीलाई नगद ६ लाख सहित एक्सलेन्स अवार्डबाट सम्मान
पोखरा, २० मंसिर/ शिक्षा क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विशिष्ट परिचय बनाउन सफल पोखराको मदरल्याण्ड मा विले कक्षा १२ को बोर्ड परीक्षामा नेपाल टप्न सफल तथा अन्य उच्च शिक्षाका विभिन्न तहमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका २८ विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयमा भएको कार्यक्रममा विद्यार्थीलाई नगद ६ लाख ५० हजार सहित मदरल्याण्ड एक्सलेन्स अवार्डले सम्मान गरेको हो । उनीहरुलाई गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा,… पुरा पढौ

मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता, पोखरा विश्वविद्यालयका रोशन प्रथम

मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता, पोखरा विश्वविद्यालयका रोशन प्रथम
पोखरा, १ भदौ/ सकारात्मक सोचको विकासका लागि युवाहरूमा गतिविधि गर्दै आएको सोच समूह मदरल्याण्ङद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता पोखरा विश्वविद्यालयका रोशन तिमिल्सिना प्रथम भएका छन् । गण्डकी प्रदेशभरिबाट ९८ कविताहरू दर्ता भएका थिए भने तीमध्ये लेखाइबाट छनोट भएका ७३ जना प्रतियोगी कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए । सहभागी कविताहरू सकारात्मक सोचको सेरोफेरोमा रहेर लेखिएका थिए । प्रथम भएका तिमिल्सिनाले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी चिसाखोला वेदविद्याश्रमका अर्जुन भट्टराईले द्वितीय स्थान… पुरा पढौ

मदरल्याण्डका ३ विद्यार्थी कक्षा १२ को परीक्षामा नेपाल टप

मदरल्याण्डका ३ विद्यार्थी कक्षा १२ को परीक्षामा नेपाल टप
पोखरा, ३२ साउन/ राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ३ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । विज्ञान संकायतर्फ जीवन अधिकारी र कृतिका थापा र व्यवस्थापन संकायका राजेश पौडेलले सर्वाधिक ३.९६ जिपिए ल्याएका हुन् । जिपिएको आधारमा उनीहरु नेपाल टप नै भएको विद्यालयको दाबी छ । देशभरका अन्य अब्बल विद्यालयको नतिजा हेर्दा सर्वाधिक ३.९६ भन्दा बढी नदेखिएको प्लस टु इन्चार्ज नारायणप्रसाद आचार्यले बताए । काठमाडौंको ट्रिनिटी र बुटवलको अक्सफोर्डका विद्यार्थीले पनि समान… पुरा पढौ

गण्डकीमै सर्वोत्कृष्ट सम्राट ढुङ्गाना विद्यालयमा सम्मानित

गण्डकीमै सर्वोत्कृष्ट सम्राट ढुङ्गाना विद्यालयमा सम्मानित
पोखरा, २४ भदौ/ पोखराको मदरल्याण्ड मा.वि. बाट विद्यालय तहको पढाइ भर्खरै सकी कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिए ल्याएर गण्डकी प्रदेशमै सर्वोकृष्ट नतिजा हाँसिल गरेका सम्राट ढुङ्गाना विद्यालयमा एक समारोहबिच नगद पचास हजारसहित सम्मानपत्रले सम्मानित गरेको छ । सोही अवसरमा सम्राटका बुबा र आमालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले सम्मानित ढुङ्गानालाई बधाई तथा शुभकामना दिदौ विद्यालयले शैक्षिक क्षेत्रमा अब्बल शिक्षा दिदै आएको बताए । उनले विद्यार्थीको उत्तम नतिजाका लागि अभिभावकको भूमिका… पुरा पढौ