पोखरा, २१ पुस/ निर्वाचित भएर गएका जनप्रतिनिधि फर्किएर नआउने गुनासो व्याप्त छ । अन्नपूर्ण गाउँपालिकाकी जमुना विकले बिहीबार नेताले जनताले दैनिक जुधिरहेको विषयमा ध्यान दिनुपर्ने भन्दै आफ्ना समस्या सुनाउन थालिन् । २०३४/०३५ सालतिर नापीले गरेको जग्गा विभाजनमा आफूहरुको टोलमा एउटाको जग्गा अर्कैकोमा परेको भन्दै अन्नपूर्ण–३ छ घर टोलकी जमुनाले गाउँपालिका गुहारेकी छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा भएका योजना तथा नियमित सेवा प्रवाहको विषयमा बिहीबार अन्नपूर्ण–३ पत्थरस्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा उनले गाउँपालिका नेतृत्वको ध्यानाकर्षण गराएकी हुन्…
पुरा पढौ