पोखरा, ८ पुष/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले लामिछानेको सुतिरहेको तस्विर कास्की प्रहरी कार्यालयको सीसीटीभी कन्ट्रोल डिस्प्लेबाट खिचेर सार्वजनिक गरेका थिए । उनी आफैले तस्विर खिचेको स्वीकारेका हुन् । लामिछानेलाई हिरासतमा भेटेर जादाँ आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको उनको दावी थियो । घटनाबारे छानविन गर्न समिति नै गठन भएको छ ।
पुरा पढौ