पोखरा, ३१ साउन/ पोखरामा सञ्चालन हुने सबै ट्याक्सीहरु अनिवार्य मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौं १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ । अनिवार्य रुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिज्यालले जानकारी दिए । मिटर र बिलमा नचलेको पाइएमा कानून बमोजिम कारवाही हुने रिज्यालले बताए । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै अनिवार्य मिटरमा…
पुरा पढौ