पोखरा, १५ पुस/ गाँजाको औद्योगिक सम्भावनाबारे पोखरामा शनिबार कचहरी कार्यक्रम भएको छ । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘गाँजाको औद्योगिक प्रयोगः हरियो सुन कि बेमौसमी धुन’ शीर्षकमा बहस भएको हो । कार्यक्रममा इटालीको विश्वविद्यालयका अर्थशास्त्री प्राडा दीपकराज पन्तले गाँजाको औद्योगिक उपयोगबारे अनुसन्धान सार प्रस्तुत गर्दै नेपालमा यसको प्रशस्त सम्भावना रहेको बताए । उनले निर्माण सामग्री, औषधी, कपडा, प्याकेजिङका साथै खानाको परिकारका रुपमा गाँजाको प्रयोग सकिने अनुसन्धानहरुले देखाएको बताए । उनी भन्छन्, ‘विश्वमा गाँजाको प्रयोगबारे…
पुरा पढौ