पोखरा, ८ साउन/ नेपाली काँग्रेस कास्कीका नेताहरुमाथिको कारबाही फिर्ताको माग बरोबर उठिरहेको छ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकीका पूर्व मन्त्री कुमार खड्का र भावना श्रेष्ठलगायतमाथि गरिएको अनुशासन कारबाही फिर्ताको माग गरेको हो । बुधबार बसेको क्षेत्रीय बैठकले अनुशासनको कारबाही अनुमोदन नगर्नू भनी काँग्रेस सभापति शेरबहादुर देउवा र अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई छुट्टाछुट्टै पत्र पठाएको छ । क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेद्वारा हस्ताक्षरित सो पत्रमा अनुशासन…
पुरा पढौ