#सृजना कप भलिबल

पाँचौं सृजना कप भलिबलको उपाधि छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई

पाँचौं सृजना कप भलिबलको उपाधि छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई
पोखरा, १९ फागुन/ पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८,… पुरा पढौ

सृजना कप भलिबलमा छात्रातर्फ सेमिफाइनल समीकरण पूरा

सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण
पोखरा, १७ फागुन/ पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो । बुधबारको खेलमा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको थियो । दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५–२० र २५–१७ सेटमा… पुरा पढौ

पाँचौं सृजना कप भलिबल सुरु, दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने- मुख्यमन्त्री

पाँचौं सृजना कप भलिबल सुरु, दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने- मुख्यमन्त्री
पोखरा, १६ फागुन/ पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप भलिबल सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे । उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक होलान् तर सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहन्छ ।’ गण्डकी प्रदेश सरकारतर्फबाट प्रोत्साहन हुने… पुरा पढौ