पोखरा, १ भाद्र/ पोखरा महानगरपालिका वडा नम्बर २४ बासकोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रबार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नम्बर २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू…
पुरा पढौ