#विश्वप्रकाश लामिछाने

पहिले बिधिको लागि अब विकासको लागि– विश्वप्रकाश

विश्वप्रकाश लामिछाने
पोखरा, २५ कात्तिक/ मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनबाट कास्की २ ९१० का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताएका छन् । पोखरा महानगरपालिका १७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले यस्तो वताएका हुन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने उनको दावी थियो । राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको… पुरा पढौ

पोखरा २१ मा खानेपानी र सिंचाईलाई प्राथमिकता दिने लामिछानेको प्रतिवद्धता

विश्वप्रकाश लामिछाने
पोखरा, २० कात्तिक/ मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र अन्तरगत पोखरा २१ दम्सादीमा आयोजित कोणसभामा बोल्दै लामिछानेले आफुले विगतमा गरेका कामले नै आफ्नो परिचय दिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्ने विश्वास दिलाए । नेपालको संविधानले सम्बृद्धिको परिकल्पना गरेको स्मरण गराउँदै लामिछानेले आफु संविधानमा लेखेको हक पूरा गर्न आएको बताए । ‘हिजो… पुरा पढौ