#रोहितराज पराजुली

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत
पोखरा, २० जेठ/ ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ बाट रोहितराज पराजुली पुरस्कृत भएका छन् । अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा पराजुलीलाई नगद सहित पुरस्कृत गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन वोर्डका सदस्य ऋषिराम भण्डारी, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले पुरस्कार प्रदान गरे । उनी नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत छन् । पुरस्कारको राशि २५ हजार नगद र सम्मानपत्र रहेको… पुरा पढौ

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

रोहितराज पराजुली
पोखरा, २५ वैशाख/ पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन्… पुरा पढौ

This will close in 10 seconds