पोखरा, २१ जेठ/ अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक…
पुरा पढौ