पोखरा, २० बैशाख/ नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा पाँच वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपप्रमुखमा कल्पना गुरुङ उम्मेद्वार छन् । सम्भाव्यता अध्ययन भइसकेको भुलकुच्चा–कोरीको केबलकार निर्माण कार्य निजी क्षेत्रसँग मिलेर अघि बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ । कपुचे–कोरी केबलकार, कोरी–माद्रे हिमाल–पिसाङ केबलकार र वार्चोक लम्तरी केबलकार बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा एमालेले गरेको छ…
पुरा पढौ