पोखरा, ४ असार/ पोखरा महानगरपालिका वडा नम्बर १४ बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले नगद १० लाख रुपैया सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन केसीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के।सीको विश्वास छ ।…
पुरा पढौ