पोखरा, २७ कार्तिक/ पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा ‘बिजि फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएका छन् । पोखरा–२७ स्थित रिठ्टेपानीमा एकेडेमी सञ्चालनमा ल्याएका हुन् । लामो समय नेपाली फुटबलमा योगदान दिएका बसन्त यति बेला जापानस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक समेत हुन् । विगत चार वर्ष देखि एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका बसन्तले जापानकै अवधारणामा एकेडेमीलाई अघि बढाएका हुन् । पोखरा २७ रिठ्टेपानीमा सञ्चालनमा ल्याएको बिजि फुटबल एकेडेमी १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । दिनमा करिब २ सय जनालाई एकैपटक प्रशिक्षण…
पुरा पढौ