पोखरा, २८ कार्तिक/ नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल चयन भएका छन् । संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा अषेश शाक्य र संजय शाक्य निर्विरोध भए । ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने निर्वाचन समिति संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष पौडेलले संस्थाको गरिमालाई ध्यान दिंदै चलायमान बनाउँदै जाने बताए…
पुरा पढौ