पोखरा, २२ माघ/ पोखरा १८ सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण भएको छ । करिब ६ करोडको लगानीमा सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति निर्माण भएको हो । ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिएको छ । अन्नपूर्ण केबुलकार कम्पनी पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गरेको हो भने सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वय गरेको छ । मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर छ । सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य,…
पुरा पढौ